मध्य भोटेकोशीले एक अर्ब ४४ करोडको आईपिओ ल्याउने, अनुमति माग्दै बोर्डमा आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 04, 2018 | 01:30:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा  सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । 

 कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ जारी गर्न असार १७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि ६० करोड बराबरको ६० कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।त्यसपछि कम्पनीले तेस्रो चरणमा सर्वसाधारण तथा उक्त कम्पनीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता शेयरहरु जारी गर्ने जनाएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणा गरिरहेको छ ।आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ ।  

आयोजनामा चिलिमे हाइड्रो, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी संस्थापक रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved