२ बर्षदेखि साधारणसभा डाक्न नसकेको एनसीसीलाई ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 06, 2018 | 05:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई बर्षदेखि साधारणसभा डाक्न नसकेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि) ले हकप्रद निष्काशनको अनुमति पाएको छ। आबेदन दिएको करिब ७ महिनापछि मात्रै बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद बिक्रिको अनुमति दिएको हो।

बैंकले १०० बराबर ५० कित्ता अर्थात ५० प्रतिशतका दरले  २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद बिक्रि गर्नेछ। बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।   

पछिल्लो दुई बर्षदेखि साधारणसभा गर्न नसकेको एनसीसीले चुक्ता पुंजी ८ अर्ब पुर्याउन हकप्रदको सहारा लिएपनि हकप्रद निष्काशन पश्चात ७ अर्ब १ करोड चुक्ता पुंजी पुग्नेछ। बाँकी करिब १ अर्ब चुक्ता पुंजी पुर्याउन बैकले बोनस सेयर वितरण वा अन्य बैंक गाभ्ने बिकल्प रोज्न सक्नेछ। 

अन्य बाणिज बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश वितरण गरी चुक्ता पुंजी ८ अर्ब पुर्याइसकेको अवस्थामा एनसीसीले भने साधारणसभा समेत बोलाउन सकेको छैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved