शेयरबजारको सुधारको माग राख्दै माधब नेपालको दैलोमा लगानीकर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 08, 2018 | 03:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पुंजीबजार सुधारको पहल गरिदिन भन्दै लगानीकर्ता संघका पदाधिकारीहरुले राजनीतिक दलका नेताहरु गुहार्न थालेका छन। नेपाल पुंजीबजार लगानीकर्ता संघले आइतबार नेकपाका नेता माधब कुमार नेपाललाई भेटि बजार सुधारको पहल गरिदिन आग्रह गरेका हुन। 

संघको उपाध्यक्ष राधा पोख्रेलको नेतृत्त्वको नेता नेपाललाई भेट्न पुगेको टोलिले अर्थमन्त्री युबराज खतिवडाले बजारलाई प्रभावित पार्ने गरि धारणा व्यक्त गरेकाले खतिवडाको शेयरबजार प्रतिको सोच परिवर्तन गरिदिन अनुरोध गरेका छन। अर्थमन्त्री खतिवडाले शेयरबजार प्रतिको धारणा नै परिवर्तन गर्नुपर्ने उनीहरुले सुझाएका छन। 

उनीहरुले सरकारको नीति तथा कार्यक्रम र बजेटले पूँजी बजारलाई समेट्न नसकेको गुनासो गर्दे राष्ट्र बैंकले ल्याउदै गरेको आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत सेयर बजारलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

संघका प्रतिनिधिले शेयरबजारको सुधारका लागि सरकारले मौद्रिक नीति मार्फत शेयर धितोकर्जा हालको ५० प्रतिशतको सिमा बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने, शेयरकर्जाको ब्याजदर न्यूनीकरण गरि ९ प्रतिशत कायम गर्नुपर्ने, ग्रामिण तहसम्म ब्रोकर सेवा बिस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका १२ वटा मागहरु नेता नेपाल समक्ष पेश गरेका छन।   

उनीहरुले लगानीकर्ताहरुले पूँजीबजारको आपूर्ति व्यवस्थापन, एनआरएनको लगानी भित्र्याउनुपर्ने,अनलाइन प्रणाली समयमै ल्याउनुपर्ने तथा नेप्सेमा प्रमुख कार्यकारीका बारेमा समयमा ध्यान दिनुपर्ने लगायतका विषयमा पनि ध्यानाकर्षण गराएका थिए। 

नेप्सेका प्रमुख कार्यकारीको नियुक्ति खारेज भएपछि शेयरबजारमा थप अन्यौल बढेको भन्दै संघका प्रतिनिधिहरुले नेप्सेलाई बिगतमा जस्तो लामोसमयसम्म कार्यकारी बिहिन नराख्नका लागि पहल गरिदिन आग्रह गरेका छन। 

आफुहरुले व्यक्ति नै तोकेर नेप्सेको जीएम बनाउनेबारे केहि नबोलेको संघका कोषाध्यक्ष राजु पौडेलले बिजपाटीलाई बताए। 'यस अघि पनि लामोसमयसम्म नेप्से प्रमुख बिहिन थियो, अब पनि त्यस्तै नहोस भनेर ध्यानाकर्षण गराएको हो तर यो वा त्यो व्यक्तिलाई नेप्सेको जीएम बनाइदिनुपर्छ भनेका छैनौँ'  पौडेलले भने। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved