स्वरोजगार लघुवित्तले साउन १३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले १२ करोड २४ लाख बराबरको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
हकप्रद निष्काशनको लागि कम्पनीले असार २८ गते बुक क्लोज गरेकोले असार २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले भदौ १७ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।
हकप्रद भर्नको लागि निम्न केन्द्र कायम भएका छन् ।
हाल कम्पनीको चुक्ता पुंजी १२ करोड २४ लाख रहेकोमा शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी साढे २४ करोड पुग्नेछ ।