घिमिरेको पारिवारिक क्लब बन्यो 'पूँजीबजार लगानीकर्ता संघ', सुबेदीलाई हटाएर सालीलाई अध्यक्ष

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 18, 2018 | 09:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारण शेयरलगानीकर्ताको हकहितको संरक्षणका लागि स्थापना भएको नेपाल पुंजीबजार लगानीकर्ता संघ पारिवारिक क्लब बन्न पुगेको छ। स्थापनाकाल देखि नै अध्यक्षको रुपमा गतिबिधि गर्दै आएका नबराज सुबेदीलाई हटाएर राधा पोखरेलको नाममा कम्पनी दर्ता गरिएको हो। 

यस अघि उपाध्यक्ष रहेकी पोखरेललाई कम्पनीको अध्यक्षको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाईं, सचिवमा एनबी थापा र कोषाध्यक्षमा कल्पना शर्मालाई नियुक्त गरेको छ । यसैगरी सदस्यहरुमा आविस्कार घिमिरे र वाईपी दाहाललाई चयन गरिएको छ।

मुनाफारहित कम्पनिका रूपमा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भए भएसंगै 'नेपाल पुंजीबजार लगानीकर्ता संघ' ले बिज्ञप्ती मार्फत अध्यक्ष सुबेदीले बहुमतमा रहेका पदाधिकारीहरुलाई बर्खास्त गरिएको भन्दै हिडेको र आफु अनुकुल स्वेच्छाचारी भएर संचालन गरि संघ संगठनको मान मर्दन गरेको आरोप लगाईएको छ।

संघ कि कम्पनी ?

लगानीकर्ता हकहित संरक्षण गर्ने भनेर स्थापना भएको संघ कम्पनीमा रुपान्तरण भएको छ। मुनाफारहित कम्पनिका रूपमा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएकाे 'नेपाल पुंजीबजार लगानीकर्ता संघ' लाई कम्पनी भन्नुपर्ने हुन्छ। यद्दपी दर्ता पश्चात जारी गरिएको बिज्ञप्तीमा कम्पनीलाई संघ भनेर प्रचार प्रसार गरिएको छ। 

यो विशेष प्रकारको कम्पनी हो। कम्तिमा ५ जना र बढीमा जति पनि हुनसक्ने यस्ता कम्पनीको पूँजी भने हुन्न तर कम्पनीले आफ्ना सदस्यहरुबाट सदस्यता शुल्क प्राप्त गर्न र आफ्नो उद्देश्य पुरा गर्न कानून बमोजिम दान, अनुदान प्राप्त गर्न सक्ने व्यवस्था कम्पनी ऐन २०६३ को दफा १६७(१)(क) ले गरेको छ।

संघ संस्था दर्ता ऐन वा राष्ट्रिय निर्देशन ऐन बमोजिम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने संस्थाको विधान हुन्छ तर यसमा अन्य कम्पनी सरह प्रवन्धपत्र र नियमावली हुन्छ। यसमा संचालक हुन्छन। त्यसैले यो कम्पनीलाई नियामक धितोपत्र बोर्ड लगायत अन्य कुनै पनि सरकारी निकायले लगानीकर्ताको हित संरक्षण गर्ने संघको रुपमा मान्यता दिन पाउंदैनन। 

नातावाद हाबी

सुरुमा संघका रुपमा स्थापना भएको 'नेपाल पुंजीबजार लगानीकर्ता संघ' शेयर लगानीकर्ता नबराज घिमिरेको पारिवारिक क्लब जस्तै देखिएको छ। घिमिरेकै सल्लाहमा मुनाफारहित कम्पनिका रूपमा दर्ता भएको यस कम्पनीको नब नियुक्त अध्यक्ष राधा पोखरेल नातामा घिमिरेको साली पर्छिन भने कोषाध्यक्ष कल्पना शर्मा पनि नातामा साली नै पर्ने स्रोतको दाबि छ। 

स्रोतका अनुसार महासचिवमा नियुक्ति पाएका एसपी चौलागाईं घिमिरेको भान्जा पर्छन भने सदस्यमा नियुक्त आविस्कार घिमिरे घिमिरेका छोरा हुन। त्यस्तै यस कम्पनीका अन्य सदस्यहरु समेत घिमिरेका आफन्त तथा साथीभाई पर्दछन। समग्रमा हेर्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा १९३२२४ नम्बरमा दर्ता भएको 'नेपाल पुंजीबजार लगानीकर्ता संघ' लगानीकर्ताको हक हित संरक्षण गर्ने संघ नभई घिमिरे एण्ड कम्पनी बनेको स्रोतको भनाई छ।       


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved