एनएमबि र लक्ष्मी लघुवित्तको कमाईमा देखियो महँगो ब्याजदरको असर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 20, 2018 | 09:16:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एनएमबिको खुद मुनाफा २५ प्रतिशतले घटेको छ भने लक्ष्मीको १८ प्रतिशतले घटेको छ। 

गत आर्थिक बर्ष एनएमबिले ३ करोड ४१ लाख खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक बर्ष एनएमबिले ४ करोड ५३ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

एनएमबिले गत आर्थिक बर्ष १ अर्ब ६८ करोड सापटी तथा ६९ करोड ६५ लाख निक्षेप लिई २ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ। १४ करोड ८ लाख चुक्ता पुंजी भएको एनएमबिको जगेडा कोषमा ११ करोड ३ लाख छ। त्यस्तै गत आर्थिक बर्ष एनएमबि को प्रति शेयर आम्दानि २४ रुपैयाँ २३ पैसा छ भने प्रति शेयर नेटवर्थ १७८ रुपैयाँ ३४ पैसा छ। 

त्यस्तै 

लक्ष्मी लघुवित्तको मुनाफा १० करोड ७१ लाखबाट घटेर ८ करोड ८३ लाख पुगेको छ। गत आर्थिक बर्ष लक्ष्मीले १ अर्ब ५० करोड सापटी र ९७ करोड ९ लाख निक्षेप लिई २ अर्ब ६७ करोड कर्जा प्रवाह गरेको छ। 

२४ करोड २० लाख चुक्ता पुंजी भएको लक्ष्मी लघुवित्तको जगेडा कोषमा २० करोड २३ लाख छ भने प्रति शेयर आम्दानि ३६ रुपैयाँ ५२ पैसा र प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ तथा मुल्य आम्दानिको अनुपात ३० गुणा छ। 

बैंकहरुबाट महँगो ब्याजदरमा कर्जा सापटी लिएर १८ प्रतिशतको सिलिंग भित्र रहेर कर्जा लगानी गर्दाको असर लघुवित्तहरुको कमाईमा देखिएको छ। लागत बढ्दा खुद ब्याज आम्दानिमा नकारात्मक असर पर्दा लक्ष्मी र एनएमबि लघुवित्तको मुनाफामा गिरावट आएको हो। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved