साताभर ६ अंकले घट्यो सूचक, ३१ प्रतिशतले घट्यो कारोबार रकम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 20, 2018 | 03:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १५१२८ कारोबारबाट एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१.३२ प्रतिशत कम हो । गत साता १९१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४३७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेर अन्तिम दिन ११९३.३९ अंकमा पुगेको छ । 

क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३९ अंकले घटेर २५१.४२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (३५ करोड ८० लाख १० हजार रुपैयाँ) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१२ लाख ५२ हजार कित्ता) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (९६८ वटा) को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved