मेरो माईक्रोफाइनान्सले तत्कालै सच्यायो वित्तीय विवरण, टाइपिङ मिस्टेक भएको सीईओ दाहालको भनाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 25, 2018 | 02:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत संस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा छन। यहि क्रममा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाबाट बुधबार सार्वजनिक भएको वित्तीय विवरण विवादमा तानिएको छ। 

सामान्यतया संस्थाहरुले नभएको झुटो आम्दानिको आधारमा (बिशेष गरि बिमा कम्पनीहरु) धेरै कमाएको वित्तीय विवरण सार्वजनिक गर्छन। तर यसको ठिक बिपरित मेरो माइक्रो फाइनान्सको वित्तीय विवरणमा जोड घटाउ बिग्रिदा कम आम्दानि गरेको देखिएको छ। जसले बिभिन्न संचार माध्यममा राम्रै स्थान पाएको छ। 

मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम हरि दाहालले जोड घटाउ बिग्रेको भन्दा पनि टाइपिङ मिस्टेक भएको प्रतिकृया दिएका छन। 'कारोबार पत्रिकालाई पठाएको वित्तीय विवरणमा टाइपिङ मिस्टेक भएको रहेछ, त्यहि विवरण बाहिर आउँदा यस्तो भएको हो, यो टाइपिङ मिस्टेक भन्दा बढी अरु केहि होइन' उनले बिजपाटीलाई बताए। 

मेरो माइक्रोफाइनान्सले टाइपिङ मिस्टेक सच्याएर पठाएको विवरणमा उसले गत आर्थिक बर्ष २३ करोड ८७ लाख खुद ब्याज आम्दानी गरेको देखिएको छ। जस अनुसार उसले गत आर्थिक बर्ष ९ करोड ४७ लाख खुद मुनाफा आर्जन गरेको छ।

सच्याईएको वित्तीय विवरणमा अन्य सञ्चालन आम्दानी ९ करोड ८८ लाख देखाइएको छ। पत्रिकामा प्रकाशित त्रुटिपूर्ण विवरणमा यो शिर्षकको आम्दानी १२ करोड २ लाख देखाइएको थियो। जस कारण सच्याएको र त्रुटिपूर्ण विवरणमा खुद नाफा समान बन्न पुगेको हो। यस आधारमा कम्पनीको प्रति शेयर आम्दानी ३३ रुपैयाँ १२ पैसा नै कायम छ।     

कम्पनीद्वारा भएको टाइपिङ मिस्टेकका कारण लगानीकर्तामा केहि अन्यौल देखिएपनि कम्पनीले तत्कालै लगानीकर्तालाई सहि सूचना दिएर आफ्नो जिम्मेवारी पुरा गरेको छ। उसले छपाईमा भएको गल्तिका कारण हुन गएको दुविधाप्रति सरोकारवालासंग क्षमा मागेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved