सूचकसंगै कारोबार रकममा पनि गिरावट, सिटी एक्सप्रेसका लगानीकर्ताले १० प्रतिशत गुमाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 31, 2018 | 03:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से घटेको छ । आज सूचक २.९१ अंकले घटेर ११९१.४७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६३ कम्पनीका ५ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ७७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँको कारोबार भएको छ 

आज एमएमबि बैंकको सबै भन्दा धेरै ७८ लाख ७८ हजार ८ सय ४४ रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, लुम्बिनी विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बनक लगायत रहेका छन् 

आज विकास बैंक, हाइड्रो र फाइनान्स बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

घटेको बजारमा सिद्दार्थ इक्विटी ओरियन्टेड स्किमका लगानीकर्ताले सर्बाधिक ४ प्रतिशत कमाएका छन् भने सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.८६ प्रतिशत गुमाएका छन् । 

आज लुम्बिनी विकास बैंकको सबै भन्दा धेरै ४२ हजार ४ सय २६ कित्ता सेयर खरिद बिक्रि भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved