नेप्सेमा सामान्य सुधार, कमाउनेमा सेन्ट्रल फाइनान्स अगाडी, २२ करोडको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 03:58:10 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज सूचक २.४० अंकले बढेर ११९३.८७ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १ सय ५४ कम्पनीका ७ लाख ६६ हजार ७ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड २१ हजार ४ सय २३ रुपैयाँको कारोबार भएको छ ।

आज नेको इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै ४ करोड ४८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनएमबि बैंक, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका हाइड्रोपावर, फाइनान्स, र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ५.४५ प्रतिशत कमाएका छन् । अन्य अबधि कमाउनेमा लुम्बिनी विकास बैंक, सिद्दार्थ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लगायत रहेका छन् । आज सिटि एक्सप्रेस फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.४८ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा प्रोग्रेशिभ फाइनान्स, काबेली विकास बैंक, गुडविल फाइनान्स लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved