नेपाल एग्रो माइक्रोफाइनान्सले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 05:31:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ   । कम्पनीले  १०० अंकित दरका एक करोड ४४ लाख बराबरको १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । शेयर निष्काशनको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत  रमेश घिमिरे र नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत  तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

 नेपाल एग्रो माइक्रोफाइनान्स २०७३ मा स्थापना भएको हो  । कम्पनीको मुख्य कार्यालय पोखरामा रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved