घटेको बजारमा यी हुन् सर्बाधिक कमाउने ५ कम्पनी, कारोबार रकम १४ करोड मै सिमित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 08, 2018 | 04:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ ।  आज सूचक ०.८९ अंकले ओरालो लागेर ११८७.३२ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६२ कम्पनीका ४ लाख ७४ हजार ८ सय ६१ कित्ता शेयर खरिद बिक्रिबाट १४ करोड ९१ लाख ९७ हजार ७ सय ९५ रुपैयाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका होटेल र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सबै भन्दा धेरै ८४ लाख ८४ हजारको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एभरेस्ट बैंक, एनएमबी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगयात रहेका छन् । 

आज सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ ।  त्यस्तै श्रीजना फाइनान्सको शेयर मूल्य ३.६४, ओम डेभलपमेन्ट बैंकको ३.४५ , सोल्टी होटेलको ३.२७, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर मूल्य २.४६ प्रतिशतले बढेको छ । आज नयाँ नेपाल लघुवित्तजाका लगानीकर्ताले सर्बाधिक ५.३२ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा विजय लघुवित्त, पुर्णिमा विकास बैंक, प्रोग्रेशिभ फाइनान्स, हिमालय पावर पार्टनर रहेका छन् ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved