२० प्रतिशत पनि बिकेन घलेम्दी हाइड्रोले निष्काशन गरेको आईपिओ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 08:17:02 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो लिमिटेडले  स्थानीय बासिन्दाको लागि निष्काशन गरेको आईपिओमा एकदमै न्यून आवेदन परेको छ । कम्पनीले असार २२ गतेदेखि म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो ।  आवेदन दिने साउन २० गतेसम्ममा केवल ९४ हजार ७ सय ८० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ । यो कुल निष्काशनको १७.२ प्रतिशत मात्र हो । 

क्यापिटलले रितपुर्वक आवेदन दिने सबैलाई माग अन्सुअर कै शेयर बाँडफांड गरिसकेको छ । अब कम्पनीले सर्बसाधारणको लागि शेयर निष्काशन गर्ने छ । सर्वसाधारणलाई शेयर निष्काशन गर्दा स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर निष्काशन हुने छ । सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ५५ करोड पुग्ने छ । 

 कम्पनीले म्याग्दीमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved