किन दिए नागरिक लगानी कोषका अध्यक्षले राजीनामा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 08:09:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषका अध्यक्ष महाश्रम शर्माले पदबाट राजिनामा दिएका छन। कोषभित्रको समस्या समाधान गर्न नसकेको भन्दै उनीमाथि अर्थमन्त्रालयले प्रश्न गरेपछि शर्माले आइतबार (भदौ ३) मा कोषको अध्यक्ष पदबाट राजीनामा दिएको जनाइएको छ। 

कोषका कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोख्रेलले लक्ष्य अनुसार काम गर्न नसकेको, कोषले बिगत लामो समयदेखि 'हिसाब मिलान' गर्न नसकेको, कर्मचारीहरुको उचित व्यवस्थापनमा समस्या देखिएको भन्दै अर्थमन्त्रालयले प्रश्न उठाएपछी अध्यक्ष शर्माले आइतबार नै मन्त्रालय समक्ष राजिनामा बुझाएको बुझिएको छ।

पुर्व सचिब समेत रहेका शर्माले तात्कालीन अर्थमन्त्री बिष्णु पौडेलको पालामा कोषको अध्यक्षमा नियुक्त भएका थिए। अर्थका सहसचिब तथा उपसचिबको सहयोगमा कोष संचालक समितिको आँखा छलेर कोषको खरिद नियमावली र आर्थिक कार्यबिधि संसोधन गरेको भन्दै अर्थमन्त्रालयले कोषका प्रमुख कार्यकारी पोखरेलसंग स्पष्टिकरण मागेको थियो। पोखरेललाई मन्त्रालय जिकाउने वा उनलाई बर्खास्त गर्न सक्ने अनुमान गरीएकोमा अचानक अध्यक्ष शर्माले अध्यक्ष पदबाट राजिनामा दिनुलाई महत्त्वका साथ हेरिएको छ। 

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा कार्यसम्पादन नतोकी प्रमुख कार्यकारीमा नियुक्त भएका पोखरेलको कामलाई देखाएर अध्यक्षको राजिनामा मागिनु गलत भएको भन्दै कोष भित्रै अर्थमन्त्रालयको आलोचना समेत गरिएको छ।      

अप्ठ्यारो मोडमा नागरिक लगानी कोष, अर्थमन्त्री खतिवडाका कारण जोखिममा करोडौंको व्यवसाय

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved