बर्षभर नेप्सेमा १३१ अर्बको नयाँ शेयर सुचिकृत, २३ प्रतिशतले घट्यो सूचक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 05:57:39 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षमा नेप्से सूचक २३.४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांक अनुसार नेेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २३.४ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा सीमित भएको हो । २०७४ असार मसान्तमा

उक्त सूचकाङ्क ७.९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो ।


धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २२.७ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा .१४३५ अर्ब १४ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७०.३ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक,वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.५ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.७ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.८ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.२ प्रतिशत रहेको छ ।

२०७५ असारमा कुल शेयर कारोबार रकम २०७४ असारको तुलनामा ४६.२ प्रतिशतले ह्रास भई रु.६ अर्ब ६३ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७४ असारमा ६१ प्रतिशतले ह्रास भई रु.१२ अर्ब ३३ करोड रहेको थियो।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ असार मसान्तमा १९६ रहेको छ । २०७४ असार मसान्तमा यस्तो संख्या २०८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १९ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २१.६ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा रु.३५२ अर्ब ९ करोड पुगेको छ । समीक्षा अवधिमा रु.३० अर्ब ८३ करोड बराबरको साधारण शेयर, रु.३६ अर्ब १४ करोड बराबरको हकप्रद शेयर, रु.२७ अर्ब ४७ करोड बराबरको बोनस शेयर र रु.३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र समेत गरी कुल रु.१३१ अर्ब ५३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved