घटेको बजारमा यी हुन् सर्बाधिक कमाउने ५ कम्पनी, सिभिल बैंकको धेरै शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 22, 2018 | 03:27:31 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको चौथो दिन आज बुधबार पनि नेप्से सूचक घटेको छ  । आज नेप्से सूचक १.४७ अंकले घटेर ११८२.४२ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५३ कम्पनीका ६ लाख ६३ हजार ३ सय ९० कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड ९२ लाख ९७ हजार ६ सय १५ रुपैयाँको कारोबार भएको छ ।

आज स्वाबलंबन लघुवित्तको सबै भन्दा धेरै १ करोड ४६ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा सिभिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, बैंक अफ काठमाडौँ, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक लगायत रहेका छन्  ।

आज कारोबारमा आएका हाइड्रो, फाइनान्स र उत्पादन बाहेकका सबै समुहगत सूचक घटेका छन्  ।

आज गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.८१ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा कृषि विकास बैंक (३.३० प्रतिशत ) , सहयोगी विकास बैंक (३.१३ प्रतिशत ) , आरएमडीसी लघुवित्त (२.५२ प्रतिशत), ङादी ग्रुप पावर (२.४५ प्रतिशत ) लगायत रहेका छन्  ।

आज वल्ड मर्च्नेट बैंकिंग एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.९२ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा एनएमबि हाईब्रिड फण्ड एल १, लुम्बिनी जनरल इन्स्योरेन्स, बरुण हाइड्रो, महालक्ष्मी विकास बैंक लगायत रहेका छन्  ।

आज सिभिल बैंकको सर्बाधिक ८४ हजार ८ सय ९६ कित्ता शेयर किनबेच भएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved