घलेम्दीले माग्यो आईपिओ निष्काशनको अनुमति, स्थानीयले नकिनेको ८० प्रतिशत सर्वसाधारणलाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 24, 2018 | 12:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो लिमिटेडले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न अनुमति माग गरेको छ  । कम्पनीले भदौ ५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो  

कम्पनीले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गर्नेको लागि अनुमति माग गरेको हो । यस अघि कम्पनीले असार २२ गतेदेखि म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । तर स्थानीयले केवल ९४ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका थिए। कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । शेयर निष्काशनको लागि कम्पनीले भिबोर क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

 कम्पनीले म्याग्दीमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । कम्पनीले आगामी असोजदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved