प्रभु इन्स्योरेन्सले भदौ १७ देखि १ लाख ३७ हजार कित्ता सेयर लिलाम गर्ने, कसरी दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2018 | 05:01:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले यहि भदौ १७ देखि २४ गतेसम्मका लागि १ लाख ३७ हजार १६ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। 

इन्स्योरेन्सले गत असार ८ देखि साउन १० गतेसम्म चुक्ता पुंजीको ४६ प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा बिक्रि हुन नसकेको शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। कम्पनीले ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा रितपुर्वक आबेदन दिनेलाई ३० लाख २९ हजार ६६१ कित्ता हकप्रद बाँडफाँड गरिसकेको छ। 

इन्स्योरेन्सले लिलाममा राखेको शेयरमा संस्थापक तर्फ १५ हजार ८६१।७६ कित्ता शेयर छ भने साधारण समुहतर्फ १ लाख २१ हजार १५४।८७ कित्ता शेयर छ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र पेश गर्न सक्ने क्यापिटलले जनाएको छ। बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताका लागि आबेदन दिनुपर्नेछ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन।

४६ प्रतिशत हकप्रद शेयर बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब नाघ्नेछ। कम्पनीमा संस्थापक शेयरधनीहरुको हिस्सा ३६ प्रतिशत, कर्मचारी संचयकोषको १५ तथा सर्वसाधारणको ४९ छ। गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको प्रभु इन्स्योरेन्सको अहिलेको पूँजी अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved