काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 11:33:47 AM मा प्रकाशित

laxmi  sunrise bank

काबेली विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो  । 

बैठकले गत बर्षको मुनाफाबाट चुक्ता पुंजीको ३५ प्रतिशतको दरले ७ करोड ३७ लाख ६ हजार ६ सय ४० रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो  । बैंक मर्जमा गएको र मर्जमा गएको २ बर्षसम्म बोनसमा लाग्ने कर तिर्नु नपर्ने व्यबस्था भएकोले बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन  । काबेली र माउन्ट मकालु डेभलपमेन्ट बैंक एक आपसमा मर्ज गत जेठ २७ देखि एकीकृत कारोबार थालेका हुन् । 

हाल बैंकको चुक्ता पुंजी २१ करोड ५ लाख रहेकोमा प्रस्तावित बोनसपचि कम्पनीको चुक्ता पुंजी २८ करोड ४२ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved