८ महिनापछि आशा लघुवित्तको आईपिओ प्रस्ताव परिमार्जन, अब दोब्बर बढी शेयर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 02:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

८ महिनापछि आशा लघुवित्तले आईपिओ प्रस्ताव परिमार्जन गरेको छ  । कम्पनीले गत पुसमा ३ करोड बराबरको ३ लाख कित्ता निष्काशन गर्ने भन्दै धितोपत्र बोर्डमा अनुमति माग गरेको थियो  । तर कम्पनीले ८ महिनापछि प्रस्ताव परिमार्जन गर्दै पहिलेको भन्दा दोब्बर कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

कम्पनीले भदौ १७ गते बोर्डमा ६ करोड बराबरको ६ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो  । अईपिओको निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

हाल कम्पनीको चुक्ता पुनी १४ करोडरहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड पुग्ने छ  । राष्ट्रिय स्तरको यस कम्पनीको केन्द्रीय  कार्यालय नुवाकोटमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved