चौतारी लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2018 | 09:22:06 AM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तले अईपियो निष्काशनको अनुमति पाएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख ४० हजार कित्ता आइपीओ निष्काशनको लागि बिहिबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।  चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  

बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो। लघुवित्तले ३४ शाखा कार्यालय मार्फत २२ हजार ९०८ जना विपन्न वर्गका महिलालाई समूहमा आबद्व गराएर सेवा प्रदान गर्दे आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved