शिब धिताल/बिजपाटी     Sep 13, 2018



ruslan ruslan

शप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको भदौ २७ गते बसेको संचालक समितिको बैठकले संचित मुनाफा र प्रिमियमबाट समेत गरी ८.०३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले चुक्ता पुंजीको ३ प्रतिशतले हुन् आउने १ करोड ५२ लाख ५५ हजार ३ सय बराबरको शेयर लाभांश र कर प्रयोजनको लागि समेत गरी ५.०३६३९७३ प्रतिशतले हुन् आउने २ करोड ५६ लाख १० हजार ५ सय ८३ दशमलव ८२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ 





Share your thoughts!











Close in 7