बढेको बजारमा जनता बैंकको सर्बाधिक शेयर किनबेच, एनएमबी बैंकको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 04:02:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  । आज नेप्से सूचक ११.६९ अंकले बढेर १२५६.५३ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ६६ कम्पनीका ३० लाख ७० हजार २ सय ३१ कित्ता शेयर खरिद बिक्रिबाट ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँको कारोबार भएको छ  ।

आज एनएमबि बैंकको सबै भन्दा धेरै ७ करोड १४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, कुमारी बैंक, एनसीसी बैंक, जनता बैंक लगायत रहेका छन्  । 

आज भार्गव विकास बैंकका लगानीकर्ताले सर्बाधिक ९.५२ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा नेरुदी लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो, बोटलर्स नेपाल लगायत रहेका छन्  । 

आज एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ३.८० प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा तारागाउँ रिजेन्सी, समिट माइक्रोफाइनान्स, स्वाबलंबन लघुवित्त, नागबेली लघुवित्त लगायत रहेका छन्  । 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन्  । 

आज जनता बैंकको सर्बाधिक २ लाख २८ हजार ३ सय २७ कित्ता शेयर खरिद बिक्रि भएको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved