शिवम सिमेन्टको आईपिओ बाँडफांड, सर्वसाधारणलाइ ५० लाख ७९ हजार कित्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 10:49:22 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफांड गरेको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले बुधबार शेयर बाँडफांड गरेको हो । 

कम्पनीले  साउन १३ गतेदेखि भदौ ११ गतेसम्म ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई  निष्काशन गरेको थियो । कम्पनीले स्थानीयलाई १ सय रुपैयाँ अंकित मूल्यमा २ सय प्रिमियम थपी प्रति कित्ता ३ सयमा शेयर निष्काशन गरेको हो। कम्पनीले  ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेपनि केवल २ लाख २ सय ४० कित्ताको लागि आवेदन परेकोले सबैले माग अनुसार कै शेयर पाएका छन्।

अब कम्पनीले बिक्रि हुन् नसकेको ६ लाख ७९ हजार ७ सय ६० कित्ता र सर्वसाधारणलाई छुट्टयाइएको ४४ लाख कित्ता गरि कुल ५० लाख ७९ हजार ७ सय ६० कित्ता सर्वसाधारणलाई बिक्रि गर्ने छ । कम्पनीले सर्वसाधारणलाई १ सय अंकित मूल्यमा ३ सय प्रिमियम थप गरी प्रति कित्ता ४ सयमा शेयर बिक्रि गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाई सकेको छ । 

कम्पनीको गत माघ ३ मा बसेको संचालक समितिको बैठकले हालको जारि पुंजी ४ अर्ब ३० करोडलाई बढाएर बनाइने ४ अर्ब ३० करोड चुक्ता पुंजीबाट हुन आउने १२ प्रतिशतले हुन आउने सेयर प्रिमियम मुल्यमा जारि गर्ने निर्णय गरेको थियो।  

नेपाल धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रलाई पुंजीबजारमा भित्र्याउन १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले उक्त निर्णय पश्चात शिवम सिमेन्ट,अर्घाखाँची सिमेन्ट लगायतका सिमेन्ट तथा अन्य कम्पनीले आइपीओ निष्काशनको प्रक्रिया अगाडी बढाएका थिए । चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको यस उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved