दोहोरो अंकले घटेको बजारमा प्रभु बैंकको कारोबार उच्च, नेशनल हाइड्रोको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 03:19:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज सूचक १०.५६ अंकले घटेर १२६७.१८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६९ कम्पनीका २१ लाख ९६ हजार ९ सय २६ कित्ता शेयर खरिद बिक्रिबाट ५७ करोड ३८ लाख २० हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ । 

आज प्रभु बैंक सर्बाधिक ४ करोड ६९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सूर्या लाइफ इन्स्योरेन्स संस्थापक शेयर, नेपाल बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, नेशनल हाइड्रो लगायत रहेका छन् । 

आज कारोबारमा आएका होटेल्स र उत्पादन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज नेशनल हाइड्रोको शेयर मूल्य सर्बाधिक ९.८८ प्रतिशतले बढेको छ । अन्य बढी कमाउनेमा बोटलर्स नेपाल तराई, नाडेप लघुवित्त, सिभिल लघुवित्त लगायत रहेका छन् ।

आज हिमालय पावर पार्टनरका लगानीकर्ताले सर्बाधिक ५.९० प्रतिसत गुमाएका छन् । अन्य बढी गुमाउनेमा अरुण काबेली पावर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माछापुच्छ्रे बैंक लगायत रहेका छन् ।

आज नेशनल हाइड्रोको सर्बाधिक २ लाख ४१ हजार ४ सय १६ कित्ता शेयर खरिद बिक्रि भएको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved