सिस्टम बाहिरबाट नेपाल बैंकको सेयर बिक्रि गर्नेमाथि धितोपत्र बोर्डको 'सफ्ट कारबाही'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2018 | 06:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको थप नयाँ सेयर (एफपीओ) नियमित प्रक्रिया बाहिरबाट बिक्रि गर्ने अन्डरराइटर कम्पनीहरुलाई धितोपत्र बोर्डले पत्र काटेको छ। बैंकको सेयर प्रत्याभूत गरेका मर्चेन्ट बैंकरहरुले गम्भीर गल्ति गरेको ठहर गर्दै आगामी दिनमा यस्तो नगर्न भन्दै बोर्डले ८ वटा क्यापिटललाई पत्र काटेको हो। 

बिभिन्न संस्था तथा व्यक्तिहरुलाई सब अन्डरराइटर बनाएर उनीहरुलाई बैंकको अन्डरराइट सेयर बिक्रि गरिएको पाइएपछि बोर्डले सम्बन्धित क्यापिटलहरुलाई निर्देशनताम्क पत्र काटेको हो।  

बोर्डले प्रत्याभूतकर्ता ८ मर्चेण्ट बैंकरहरुलाई बैंक सेयर पहिले आफ्नो खातामा जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट सेयर नामसारी गर्न निर्देशन दिएको छ। बोर्डको यस निर्देशनपछि सब अन्डरराइटर खडा गरि बिक्रि गरिएको सेयर ८ मर्चेन्ट बैंकरहरुले दोस्रो बजारबाट सम्पूर्ण प्रक्रिया पुरा गरी नामसारी गर्नुपर्नेछ। 

८ मर्चेन्ट बैंकहरुले यस अघि नियमित प्रक्रिया बाहिरबाट बैंकको सेयर बिक्रि गर्दा बोर्ड, नेप्से, ब्रोकरलाई तिर्नुपर्ने कमिशन र राज्यलाई तिर्नुपर्ने कर छली भएको थियो। दोस्रो बजारबाट सेयर नामसारी गर्दा सम्बन्धित पक्षहरुले पाउनुपर्ने कमिशन पाउनेछन।   

बैंकले १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्रि खुला गर्दा ८३ लाख ९ हजार १०८ कित्ता सेयर बिक्रि भएको थिएन। प्रत्याभूतकर्ता ८ वटा मर्चेन्ट बैंकर (सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेड) ले नबिकेको सेयर आफैले सकार्नुपर्नेमा उप प्रत्याभूतकर्ता कम्पनी खडा गरि प्राथमिक तथा दोस्रो बजार बाहेक अर्कै प्रकृयाबाट उक्त सेयर बिक्रि गरेका थिए।  

अन्डरराइटर कम्पनीहरुहरुले आफ्नो हिस्साको सेयर दोस्रो बजारबाट वा लिलामबाट बिक्रि गर्न पाउने बिकल्पलाई बाइपास गरि अर्को तरिकाबाट सेयर बिक्रि गरेको भन्दै बोर्डले मर्चेन्ट बैंकहरु माथि सफ्ट कारबाही गरेको हो।  

'नक्कली बजार' खडा गरि नेपाल बैंकको सेयर कारोबार गर्नेमाथि कारबाही सुरु




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved