मक ट्रेडिङ स्थगित भएको नेप्सेको घोषणा , पूर्ण अनलाइन कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 11:21:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले मक ट्रेडिङ स्थगित भएको जनाएको छ । अनलाइन ट्रेडिङमा लगानीकर्तालाइ अभ्यस्त बनाउने उदेश्यले नेप्सेले असोज २ गतेदेखि मक ट्रेडिङ सुरु गरेको थियो । मक ट्रेडिङमा लगानीकर्ताको उत्साहजनक उपस्थिति भने देखिएको थिएन । नेप्सेका प्रबक्ता मुरहरी पराजुलीले छिट्टै पूर्ण अनलाइन प्रणाली औपचारिकमा कार्यन्वयनमा आउने भएकाले मक ट्रेडिङ स्थगित गरेको बताएका छन् ।

नेप्सेले यसै सातादेखि पूर्ण अनलाइन प्रणालीदेखि लागु गर्ने तयारी गरेको छ । आगामी १५ गतेबाट ब्रोकरहरुले अनलाइन ट्रेडिङ मार्फत कारोबार गर्ने छन् । ब्रोकरहरुलाई नेप्सेले अनलाइन ट्रेडिङको प्रयोग बारे कार्तिक ७ गतेदेखि ३ दिनसम्म तालिम दिएको थियो । ब्रोकर अनलाइन ट्रेडिङमा अभ्यस्त भएपछि लगानीकर्तालाई मङ्सिरदेखि अनलाइन ट्रेडिङ मार्फत कारोबार गराउने नेप्सेको तयारी छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved