सिस्टम बाहिरबाट नेपाल बैंकको सेयर किनबेच गर्ने झनै अप्ठ्यारोमा, अडानबाट हटेन धितोपत्र बोर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 09:35:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको नबिकेको सेयर सकार्नुपरने जिम्मेवारी पाएका ८ मर्चेन्ट बैंकरले प्रकृया बाहिरबाट गरेको एफपीओ कारोबारको बिषयमा नेपाल धितोपत्र बोर्डले आफ्नो पुरानै निर्देशन दोहोर्याएको छ। 

मर्चेन्ट बैंकहरुले अन्डरराइट गरेको नेपाल बैंकको एफपीओ मर्चेन्ट बैंकहरुले प्रकृया बाहिरबाट कारोबार गरेको बिषय बिबादित बनेपछि सबैको ध्यान धितोपत्र बोर्डको निर्देशनमा अड्किएको थियो। तर कात्तिक ४ गते दिएको निर्देशन अनुसार नै कारबाही अगाडी बढाउन फेरी निर्देशन दिईएको धितोपत्र बोर्डले जनाएको छ। 

'बोर्डको निर्देशन पश्चात नेपाल बैंक र प्रत्याभूतकर्ता कम्पनीबाट निर्देशन पुनरावलोकनको लागि निबेदन परेको थियो, छलफल तथा अध्ययन पश्चात बोर्डले कात्तिक ४ गते दिएको निर्देशन अनुसार नै कारबाही अगाडी बढाउन हिजो (कात्तिक १२ गते) मात्रै पत्र काटेका छौँ' बोर्डका सहप्रवक्ता निरंजय घिमिरेले बिजपाटीलाई बताए। 

घिमिरेका अनुसार बोर्डको नियम कानुनमा नै नभएको सब अन्डरराइटर खडा गरि नेपाल बैंकको एफपीओ बिक्रि गर्नु गम्भीर गल्ति हो। यस्तो गर्ने गराउने जो कोहिलाई पनि कारबाहीको भागेदार हुनुपर्छ। 'उनीहरुबाट गम्भीर गल्ति गरेको ठहर गर्दै आगामी दिनमा यस्तो नगर्नका लागि बोर्डले ८ वटा क्यापिटललाई पत्र काटेको हो' उनले भने।   

बोर्डले कात्तिक ४ गते नेपाल बैंकको अन्डरराइट गरिएका सेयर पहिले आफ्नो खातामा जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट सेयर नामसारी गर्न प्रत्याभूतकर्ता ८ मर्चेण्ट बैंकरहरुलाई निर्देशन दिएको थियो। 

मर्चेन्ट बैंकहरुले प्रकृया बाहिरबाट नेपाल बैंकको अन्डरराइट गरिएको एफपीओ कारोबार गरेको बिषय विवादित बनेपछि सेयर बाँडफाँड भएको तीन महिना बित्दा समेत सूचिकरण हुन सकेको छैन। जसकारण सर्वसाधारण लगानीकर्ता प्रत्यक्ष मारमा परेका छन। एफपीओ पाउनु पर्ने लगानीकर्ताले दोस्रो बजारमा बैंकको सेयर ३३४ रुपैयाँमा कारोबार हुँदासमेत कुनै लाभ उठाउन पाएका छैनन।        

 नेपाल बैंकले सर्वसाधारणलाई जारि गरेको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता मध्ये ९३ लाख ७५ हजार ७५० कित्ता बिक्रि भएको थियो। तर त्यो बेला ८३ लाख ९ हजार १०८ कित्ता सेयर बिक्रि हुन सकेन र उक्त सेयर नबिके किन्दिछु भनेका सेयर प्रत्याभूतकर्ता ८ मर्चेन्ट बैंकरले सकार्नुपर्ने अवस्था आएको हो। 

बोर्डको कात्तिक १२ को निर्देशन अनुसार अन्डरराइट गरिएको नेपाल बैंकको एफपीओ प्रत्याभूतकर्ताको खातामा ट्रान्सफर गर्नुपर्ने हुन्छ। र त्यसपश्चात मात्र अहिले सब अन्डर भनिएकाहरुको नाममा दोस्रोबजारबाट नामसारी हुनेछ। 

बोर्डको निर्देशनले प्रत्याभूतकर्ता ८ मर्चेन्ट बैंक र नेपाल बैंक समेत अप्ठ्यारोमा परेका छन। उनीहरुले सब अन्डरराइटर खडा गरि २८० को सेयर २७६ रुपैयाँमा समेत बिक्रि गरेका छन। करिब ४१ लाख ५० हजार कित्ता प्रकृयाबाट बिक्रि भएको छ। यता सब अन्डरराइटर भनिएकाहरुले दोस्रो बजारबाट कारोबार हुँदा तिर्नु पर्ने कमिशन तिर्न तयार नहुँदा प्रत्याभूतकर्ता कम्पनीले कसरि सेटल गर्छन त्यो भने हेर्न बाँकी छ।   

@Nepal Bank Limited 

१ करोड कमिसनको खेलले डुबे नेपाल बैंकका सेयरलगानीकर्ता, निकासको बाटो के ?

बोर्डको स्पष्ट निर्देशनपछि पनि कसले रोक्यो नेपाल बैंकको एफपिओ सूचीकरण ? 

सिस्टम बाहिरबाट नेपाल बैंकको सेयर बिक्रि गर्नेमाथि धितोपत्र बोर्डको 'सफ्ट कारबाही'

'नक्कली बजार' खडा गरि नेपाल बैंकको सेयर कारोबार गर्नेमाथि कारबाही सुरु

सीईओ शाहको दम्भले नेपाल बैंकको कन्तबिजोग, कसको स्वार्थमा बज्यो एफपीओको बेमौसमी बाजा ?

५३ प्रतिशत मात्र बिक्यो नेपाल बैंकको एफपिओ, अब ३ दिनमा पनि पुरै नबिके के हुन्छ ?

नेपाल बैंकको २७ प्रतिशत डिभीडेन्ड तरबारको धारमा, कसरि भयो सीईओ शाहको यस्तो कन्तबिजोग ?

करोड पुँजी भएका मर्चेन्ट बैंकले एनएमबि र नेपाल बैंकको नबिकेको अर्बको शेयर कसरी उठाउलान ?

प्रत्याभूतकर्ताकै भरमा नेपाल बैंकको एफपीओ, बिपिसीको घाटा सम्झेर लगानीकर्ताले देखाएनन रुचि

नेपाल बैंकले पायो एफपिओ निष्काशनको अनुमति, प्रिमियम मूल्य कति ?


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved