बढेको बजारमा नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्बाधिक कमाए, प्रभु बैंकको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 03:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बजार परिसूचक नेप्से बढेको छ  । आज नेप्से सूचक ७.४३ अंकले बढेर १२२४.३६ को बिन्दुमा पुगेर रोकिएको हो  । आज कारोबारमा आएका १ सय ६३ कम्पनीका ९ लाख २४ हजार ६ सय ६५ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको छ  । 

आज प्रभु बैंकको सर्बाधिक १ करोड ८० लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा लाइफ इन्स्योरेन्स कम्पनी, मेगा बैंक, एनएमबि बैंक , जनता बैंक, एनआईसी एसिया लगायत रहेका छन्  । आज सर्बाधिक कारोबार हुने १० कम्पनी मध्ये ८ वटा बाणिज्य बैंक रहेका छन्  । 

आज कारोबारमा आएका होटेल, हाइड्रो र माइक्रोफाइनान्स बाहेकका सबै समुहगत सूचक घटेका छन्  । 

आज नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.८९ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा नेपाल हाइड्रो डेभलपर, मिसन डेभलपमेन्ट बैंक, तारागाउँ रेजेन्सी होटेल, हिमालयन डिस्टिलरी लगायत रहेका छन्  । 

आज पावरका लगानीकर्ताले सर्बाधिक ४.७३ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा रिडी हाइड्रो, हाथवे फाइनान्स, हिमालय पावर पार्टनर, खानी खोला हाइड्रो लगायत रहेका छन्  । 

यस दिन प्रभु बैंकको सर्बाधिक ७३ हजार ६ सय २६ कित्ता शेयर खरिद बिक्रि भएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved