माछापुच्छ्रे बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक, सेयरमा लगानी कति प्रतिफलमुलक ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 01, 2018 | 12:51:21 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक @Machhapuchchhre Bank Limited चालू आर्थिक बर्षको प्रथम त्रैमासिकक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बाणिज्य बैंक बनेको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षको तुलनामा बढेको छ। 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उसले पहिलो त्रैमासमा ३८ करोड ७९ लाख वितरण योग्य नाफा आर्जन गरेको छ जुन बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा बैंकको खुद मुनाफा ७ करोडले कम हो। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा करिब १० करोड ७० लाखले बढी हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १ करोड ५२ लाख रुपैयाँ समायोजन हुँदा बैंकको खुद मुनाफा बढेर ३८ करोड ६९ लाख पुगेको हो। 

राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।  

यस अवधिमा बैंकको ७७ अर्ब ९७ करोड निक्षेप संकलन गरि ७१ अर्ब ८० करोड ५६ लाख कर्जा तथा लगानी प्रवाह गरेको छ। त्यस्तै बैंकको जगेडा कोष १ अर्ब ३० करोडबाट बढेर २ अर्ब ६९ करोड पुगेको छ। 

बैंकले गत आर्थिक बर्षसंगको तुलनामा १७ अर्बले कर्जा तथा लगानी बढाउँदा बैंकलाई ८४ करोड २५ लाख खुद ब्याज आम्दानी भएको छ। गत बर्ष यसै अवधिमा बैंकले ५६ करोड ९७ लाख खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ०.४५ प्रतिशत, जगेडा कोष १०६.९३, निक्षेप २९.३३ प्रतिशत, कर्जा ३०.७३, खुद ब्याज आम्दानी ४७.९० प्रतिशतले सुधार भएको छ। 

यस अवधिमा बैंकको खराब कर्जा झिनो अंकले माथि उक्लिएर ०.४५ बाट ०.४७ प्रतिशतमा पुगेको छ भने बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ ४९ पैसाबाट १८ रुपैयाँ ४६ पैसामा बढोत्तरी भएको छ। त्यस्तै बैंकको कोष लागत ७.९९ प्रतिशत छ भने आधार ब्याजदर ११.२१ प्रतिशत छ।   

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सिसिड़ी अनुपात) ७८.९२ प्रतिशत छ भने पुंजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो - कार) १६.६३ प्रतिशतबाट १४.३६ प्रतिशतमा झरेको छ। यस तथ्यांकले बैंकले आफुसंग भएको पुंजीको भरपुर प्रयोग गरेको देखिन्छ भने लगानी बढाउन बैंकले आगामी दिनमा निक्षेप संकलनमा जोड दिनुपर्ने देखिन्छ।   

पहिलो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved