अनलाइन ट्रेडिङ उद्घाटन भएकै दिन किन चलेन नेप्सेको साइट ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 06, 2018 | 01:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जले आजदेखि पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार अनलार्इन कारोबार प्रणालीको उदघाटन गरेका हुन्। 

तर अनलाइन ट्रेडिङ उद्घाटन भएकै दिन नेप्सेको साइटमा समस्या आएको छ । नेप्सेको साइट खुलेपनि कारोबारको विवरण भने पुरानै देखिएको छ।  अघिल्लो दिन बजार बन्द हुँदाको विवरण नै नेप्सेको साइटमा देख्न सकिन्छ । साइटमा मार्केट ओपन भन्ने सिग्नल देखाए पनि कारोबार विवरण, मार्केट डेप्थ केहि पनि देखिएको छैन । यो समाचार तयार पार्दासम्म नेप्सेको साइटमा आजको डाटा देखिएको छैन  ।

सर्भरमा केहि समस्या आएकोले यस्तो भएको नेप्सेले जनाएको छ । नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले सिस्टमले 'डाटा थ्रो ' नगरेकोले साइटमा अघिल्लो दिन कै विवरण देखिएको बताए । प्राविधिक टिमले यो समस्या समाधन गर्न काम गरिरहेकोले केहि समय मै साइटमा लेटेस्ट डाटा देखिने उनले बताए ।

साइटमा नदेखिए पनि कारोबार भने जारि छ । तर कारोबार जारि रहेपनि आफुहरुले पनि पूर्ण विवरण हेर्न नमिलेको एक ब्रोकरले बिजपाटीलाई बताएका  छन् । उनले पुरानोबाट नयाँ सिस्टममा जाँदा विभिन्न कुरा हरु सार्नु पर्ने भएकोले साइटमा समस्या देखिएको हुन् सक्ने बताए। साइटमा नदेखिए पनि शेयर खरिद बिक्रि भने जारी छ  । 

अनलाइन ट्रेडिङ सुरु भएको दिन बजार कता जान्छ भन्ने आम लगानीकर्तामा उत्सुकता छ । तर साइटमा भने बजारको विवरण नै नदेखिएकोले लगानीकर्ता यस जानकारी पाउन बन्चित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved