कारोबार गर्दाको समस्याबारे यस्तो आयो नेप्सेको आधिकारिक धारणा (बिज्ञप्तिसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 12, 2018 | 05:18:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले हाल कारोबारमा देखिएको समस्या कारोबार प्रणालीको नभएको स्पष्ट परेको छ । अनलाइन ट्रेडिङ सुरु भएपछि अनेकौ आलोचना खेपेको  नेप्सेले हालको समस्या कारोबार प्रणालीसँग नभई कारोबार विवरण प्रसारण गर्ने माध्यमको कारण भएको स्पष्ट पारेको हो । 

नेप्सेको कारोबार प्रणाली र वेवसाईट छुट्टा छुट्टै डेटा सेन्टरबाट सञ्चालन हुने र एप्लिकेशन प्रोग्राम इन्टरफेस (API) बाट नेप्सेको वेवसाइटमा डिस्प्ले गर्दा डेटा एक्सचेञ्जमा देखिएको समस्याले कारोबार विवरण प्रवाह गर्न नसकिएको नेप्सेले जनाएको छ  । यहि कारण सर्वसाधारणले वेबसाइटबाट अध्यावधिक सूचना पाउन नसकेको र यो समस्या समाधान भईसकेको समेत नेप्सेले स्पष्ट पारेको छ  । 

नयाँ प्रणालीमा हरेक ब्रोकर कम्पनीले अविछिन्न रुपमा कनेक्सन स्थापना गर्न नसकेका कारण एउटा र अर्कौ ब्रोकरमा कम्पनीको मूल्य फरक देखिएको हुनसक्ने नेप्सेले जनाएको छ । साथै नेप्सेले नयाँ प्रणाली स्थापनापछि पनि परिसूचक गणना संसारभरी प्रचलित पुरानै (भ्यालू वेटेड इनडेक्स्) विधिबाटै गणना भईरहेकोले  त्यसमा कुनै समस्या नरहेकाे र  द्विविधा नराख्न नेप्सेले आग्रह गरेको छ ।

हेर्नुस बिज्ञप्ति :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved