३ कम्पनीको शेयर मूल्य समायोजन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 02:24:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आज विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन गरेको हो  । 

कोषले आव २०७४/७५ मा गरेको नाफाबाट २२ दशमलव शुन्य छ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता रु एक हजार ७९१ हुने गरी शेयरमूल्य समायोजन गरेको हो । कोषको औसत आधार शेयर मूल्य रु दुई हजार ५५४ कायम भएको छ । आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ । 

यस्तै नेशनल माइक्रोफाइनान्स कम्पनीले पनि २५ प्रतिशत शेयर लाभांश दिएसँगै प्रतिकित्ता रु एक हजार ४१३ हुने गरी शेयरमूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधार मूल्य रु एक हजार ३८६ कायम भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

यसैगरी श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले एक दशमलव २३ प्रतिशत शेयर लाभांश कर प्रयोजनका सहित आठ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश वितरणपछि नयाँ शेयर मूल्य रु १४२ हुने गरी मूल्यमा समायोजन भएको छ । कम्पनीको औसत आधार मूल्य रु १८८ कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved