दोहोरो अंकले बढेको बजारमा नेपाल बैंकको कारोबार उच्च, कमाउनेमा मिर्मिरे अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 04:48:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १०.८५ अंकले बढेर ११३१.७० को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५५ कम्पनीका ७ लाख १४ हजार ६ सय १८ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड ३७ लाख २४ हजार ६ सय ८७ रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल बैंकको सबै भन्दा धेरै १ करोड ७७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त लगायत रहेका छन् । 

आज मिर्मिरे लघुवित्तका लगानीकर्ताले सर्बाधिक ५.६७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा बरुण हाइड्रो, एनआईसी एसिया बैंक, काबेली विकास बैंक, रिडी हाइड्रोपावर लगायत रहेका छन् । त्यस्तै आज लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले सर्बाधिक ७.४४ प्रतिशत गुमाएका छन् ।  अन्य बढी गुमाउनेमा लक्ष्मी लघुवित्त, मिथिला लघुवित्त, स्वदेशी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लगायत रहेका छन् । 

आज कारोबारमा आएका फाइनान्स र उत्पादन बाहेक सबै समुहगत उपसुचक बढेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved