जोशी हाईड्रोको आईपिओ बाँडफांड मिति तय, ८५ प्रतिशत आवेदकलाई २० कित्ता शेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 08:47:13 AM मा प्रकाशित

laxmi  sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपिओ मंगलबार बिहान बाँडफांड हुने भएको छ  । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले मंगलबार बिहान १०:३० बजे आईपिओ बाँडफांड गर्न लागिएको जानकारी दिए  । कम्पनीले मंसिर १६ गतेदेखि आईपिओ निष्काशन गरेको थियो ।

 स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ ।

आईपिओमा ८३ हजार ७७० जना आवेदकले ५९ लाख १७ हजार ५२० कित्ताको लागि आवेदन दिएको अन्तिम तथ्यांक रहेको छ ।  यस हिसाबमा सबै आवेदकले आईपिओ पाउने निश्चित भएको छ । कुल ८३ हजार ७७० जना आवेदकलाई पहिलो चरणमा १० कित्ताका दरले ८ लाख ३७ हजार ७७० कित्ता बाँडफाँट हुने छ । त्यस्तै बाँकि रहेको ७ लाख १७ हजार ४६३ कित्ता गोलाप्रथाबाट बाँडफांड हुने छ । यस हिसाबमा ७१ हजार ७४६ जनाले थप १० कित्ता पाउने छन्  । अर्थात्  ७१ हजार ७४६ जनाले कुल २० कित्ता शेयर पाउने प्रारम्भिक आंकलन गरिएको छ  ।

क्यापिटलले कर्मचारीलाई छुट्याएको शेयरमा पुरै आवेदन नपरेको जनाएको छ । सो शेयर पनि सर्वसाधारणलाई नै वितरण हुने प्रावधान रहेकोले २० कित्ता शेयर पाउने लगानीकर्ताको संख्या थप केहि बढ्ने छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved