यी ५ कारणले छायो बजारमा हरियाली, ४३ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 04:43:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो २ दिनमा बजार परिसूचक नेप्से २३.३४ अंकले बढेको छ । आइतबार १०.८५ अंकले बढेको नेप्से सोमबार १२.४९ प्रतिशतले बढेको हो ।

आज सोमबारको कारोबारपछि सूचक ११४४.१९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६३ कम्पनीका १२ लाख ६४ हजार ३ सय ४० कित्ता शेयर खरिद बिक्रिबाट ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल इन्भेस्टमेन्ट बैंकको सबै भन्दा धेरै ५ करोड ४८ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा ग्लोबल आईएमइ बैंक, नेपाल बैंक, एसियन लाइफ इन्सुरेन्स संस्थापक शेयर लगायत रहेका छन् । आज रैरांङ हाइड्रोका लगानीकर्ताले सर्बाधिक ७.७७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा  नयाँ नेपाल लघुवित्त, समिट माइक्रोफाईनान्स, नेपाल सेवा लघुवित्त लगायत रहेका छन् ।

त्यस्तै आज महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.६१ प्रतिशत गुमाएका छन् । 

आज कारोबारमा आएका उत्पादन र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

 कुनै एक कारणले नभई विभिन्न कारणले गर्दा बढेको विश्लेषण गरिएको छ । बजार विश्लेषकहरुले बजार बढ्नुको पछाडी निम्न सम्भावित कारण रहेको बताएका छन् ।

१. नेपाल स्टक एक्स्चेन्ज नेप्सेले आइतबारबाट बहु प्रतिक्षित अनलाइन ट्रेडिङ सम्पूर्ण लगानीकर्तालाई खुला गर्नुले लगानीकर्तामा सकारात्मक संदेश गएको छ  । 

२.पुंजीबजारमा देखिएको समस्या पहिचान गरी सुझाव पेश गर्न गठित समितिको बैठकले आइतबारदेखि काम थालेपछि लगानीकर्ता उत्साहित भएका छन् । समितिले आफ्ना माग पुरा गर्ने लगानीकर्ताको बुझाई छ । दबाब समुहले अनसन थालेपछि माग पुरा हुने अर्को आधार बनेको छ ।  

३. नेपाल धितोपत्र बोर्डले संयमित हुन् आग्रह गर्दै बजार बढ्ने डेढ दर्जन आधार दिएपछि लगानीकर्ताको मनोबल बढेको छ  । 

४.  बजारको डाउनट्रेन्ड सकिएको विश्लेषण बाहिरिन थालेपछि बजारमा सकारात्मक प्रभाव परेको छ ।

५. घटेको बजारमा शेयर खरिद गर्न लगानीकर्ता प्रवेश गरेकोले पनि बजार बढेको हो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved