ब्रोकरलाई 'चोर' भन्नु नियोजित नभई उत्तेजित माहोलमात्रै: फोरम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 09:53:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर्स फोरमले आफ्ना उपाध्यक्ष छोटेलाल रौनियारको भनाईलाई लिएर स्पष्टिकरण दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय अगाडी प्रदशन र बिरोध कार्यक्रममा भाषण दिने क्रममा प्रयोग गरिएको शब्द माहौलवश हुन गएको त्रुटि भन्दै दुःख प्रकट गरिएको स्पष्टिकरणपत्रमा उल्लेख छ।  

फोरम लगायतका संगठनले मङ्सिर १० गते गरेको बिरोध प्रदशनमा फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भाषणको क्रममा प्रयोग गरेको शब्द आलोचित बनेको थियो। रौनियारबाट प्रयोग भएको 'ब्रोकरहरु चोर हुन' भन्ने शब्दले आफ्नो मानहानी भएको भन्दै स्टक ब्रोकर एशोसिएसनले  असन्तुष्टि व्यक्त गर्दै फोरमसंग प्रष्टीकरणका लागि लिखित आग्रह गरेको थियो। 

ब्रोकरहरु संघलाई पठाइएको स्पष्टिकरणपत्रमा ब्रोकरलाई गाली बेइज्जत गर्ने आफूहरुको उद्देश्य नरहेको र माहौलवश आफूहरुबाट त्रुटि भएको स्वीकार गरिएको छ। यद्दपी पत्रमा कहीं कतै उपाध्यक्ष रौनियारको नाम उल्लेख गरिएको छैन।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved