यी हुन् शेयरबजारको बिषयलाई वेवास्ता गर्ने १७ सांसद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 05:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजार सम्बन्धि बिषयलाई अर्थ समितिका अधिकांश सांसदले वेवास्ता गरेका छन् । शेयर बजार निरन्तर ओरालो लागेको र लगानीकर्ता दबाब समुहले सुधारको माग गर्दै अनसन सुरु गरेको अवस्थामा अर्थ समितिले बैठक आह्वान गरेको थियो । बैठकमा पुंजी बजारमा देखिएका समस्या र सुधारका लागि चल्नु पर्ने कदमका बिषयमा सरोकारवाला हरुसंग छलफल गर्ने कार्यसूची थियो 

तर बैठक सचालन गर्नको लागि आवश्यक कोरम नपुगेपछि ११ बजे बोलाईएको बैठक नै बस्न सकेन । बैठकमा सहभागी हुनको लागि  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट र मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष ध्रुबकुमार तिमल्सिना पुगेका थिए  ।

तर समितिका सदस्य नआउँदा कोरम नै पुगेंन। समितिका २५ सदस्यमध्ये ८ जनामात्र बैठकमा सहभागी भए, जस मध्ये ३ जना पुर्व अर्थमन्त्री थिए । बैहकमा सभापति कृष्ण प्रसाद दाहाल, तुलसी थापा, डा. बाबुराम भट्टराई, मोतीलाल दुगड, रामकुमारी झाँक्री, श्याम श्रेष्ठ, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीमात्रै बैठकमा सहभागी थिए।  यी बाहेक अन्य सदस्यले शेयर बजार जसो गम्भीर बिषयको छलफललाई नै वेवास्ता गरेका हुन् । 

 को छन् समितिमा ?

  • किशोर सिंह राठौर
  • कु. तुल्सि थापा
  • घनश्याम भुसाल
  • चुडामणी खड्का
  • जय कुमार राई
  • जुली कुमारी महतो
  • निरा देवी जैरु
  • प्रमिला राई
  • डा० बाबुराम भट्टराई
  • महन्थ ठाकुर
  • महेश बस्नेत
  • मेटमणि चौधरी
  • मोतीलाल दुगड
  • रामकुमारी झाक्री
  • रामवावु कुमार यादव
  • विजय कुमार गच्छदार
  • विष्णु प्रसाद पौडेल
  • शशांक कोइराला
  • श्याम कुमार श्रेष्ठ
  • सत्य पहाडी
  • सरवत आरा खानम
  • सुरेन्द्र प्रसाद पाण्डे
  • हरि राज अधिकारी
  • हेम कुमार राई
  • ज्ञानेन्द्र बहादुर कार्की





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved