'ब्रोकर मार्फत मार्जिन लेन्डिङको व्यवस्था होस, सेयरबजारमा तत्कालै ४ अर्ब आउँछ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 09:35:59 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर संघका अध्यक्ष तारानाथ रानाभाटले सेयरबजारमा मार्जिन लेन्डिङको सुविधा ब्रोकर मार्फत नै गर्नुपर्ने बताएका छन। अर्थसमितिको बैठकमा सेयरबजारमा ब्रोकरको भूमिका र अहिलेको अवस्थाबारे जानकारी गराउदै रानाभाटले ब्रोकर मार्फत मार्जिंग लेन्डिङको व्यवस्था गर्दा सेयरबजारमा तत्कालै ३-४ अर्ब आउने बताए। 

ब्रोकर मार्फत मार्जिन लेन्डिङ सुविधा दिने बिषय बर्ष दिनअघिदेखि बाहिर आएपनि अहिलेसम्म कार्यन्वयनमा नआएको प्रति असन्तुष्टि जनाउदै रानाभाटले अहिलेको बजारको अवस्थालाई सम्बोधन गर्नका लागि पनि तुरुन्तै यो व्यवस्था लागू गर्नुपर्ने बताए। यसका लागि आफुहरुले पटक पटक धितोपत्र बोर्डसंग कुरा गरेपनि कुनै सुनुवाई नै नभएको भन्दै रानाभाटले नियामकहरुनै 'बायज' भएको आरोप समेत लगाए। 

रानाभाटको प्रश्नको जवाफ दिंदै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरीन्जीबी नेपालले ब्रोकर मार्फत नै मार्जिन लेन्डिङ सुविधा हुने प्रतिबद्धता जनाए। यसका लागि नेप्से र धितोपत्र बोर्ड मिलेर आउनुपर्ने नेपालले बताए। 

त्यस्तै अध्यक्ष रानाभाटले अहिलेको मोडालिटीमा परिमार्जन भएको अवस्थामा ५० वटै ब्रोकरले देशभरका सबै स्थानीय तहमा पुगेर ब्रोकर सेवा दिन सक्ने बताए। बाँकी भिडियोमा हेर्नुहोस 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved