गभर्नर नेपालले दिए लघुवित्तको सेयर मुल्य घट्ने संकेत, ऋणको पैसाले सेयर नकिन्न सुझाब (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2018 | 11:42:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले लघुवित्तको सेयरमुल्य घट्न सक्नेगरि प्रतिकृया दिएका छन। सेयरबजारको अवस्था र गर्नुपर्ने सुधारबारे छलफल गर्न अर्थसमितिले डाकेको सरोकारवालाबीचको छलफलमा बोल्दै नेपालले बैंक भन्दा कम सुरक्षित मानिने लघुवित्तको सेयरमुल्य यत्तिको महँगो किन भएको भनेर प्रश्न गरे। 

'सुरक्षित मानिने बैंकको सेयरमुल्य डेढ दुई सय छ, त्यहि लघुवित्तको सेयरमुल्य ३५०० कसरि पुग्यो' गभर्नर नेपालले भने। सेयरबजार आजको दिनमा पनि केहि व्यक्तिको हातमा केन्द्रित हुँदा लघुवित्त लगायतको कम्पनीहरुको सेयरमुल्य अप्राकृतिक भएको गभर्नर नेपालको भनाई छ। 

राष्ट्र बैंकको गभर्नर हुनुभन्दा १२ बर्ष पहिले आफुपनि धितोपत्र बोर्डको अध्यक्ष भएको स्मरण गराउदै गभर्नर नेपालले एक दशक बितिसक्दा पनि सेयरबजार सिमित व्यक्तिको हात भन्दा बाहिर जान नसकेको बताए। सेयरबजारबारे चेतना नहुँदा बजार बिस्तार हुन नसकेको उनको भनाई थियो। 

मार्जिन लेन्डिंङ, मार्जिन कर्जा, सेयरधितोकर्जाको सिमा लगायतका बिषयमा गभर्नर नेपालको भनाई सुन्न भिडियो हेर्नुहोस।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved