सिद्दार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाइन्छ ब्याज ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 08:22:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक Siddhartha Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस २३ गते अन्तिम दिन रहेको छ । बैंकले मंसिर २३ गतेदेखि दुई अर्ब २५ करोड रूपैयाँको बराबरको ऋणपत्र (डिवेञ्चर) को बिक्रि खुला गरेको हो ।  बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । यो मध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्रीमा आएको सिद्धार्थ बैंकले जनाएको छ । 

 १०.५% एसबिएल डिवेञ्चर २०८२ नाम दिइएको यस ऋणपत्रमा अर्धवार्षिक रुपमा बार्षिक १०.५ प्रतिशत ब्याज पाउने छन् । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । 

ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । सीआश्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर अनलाइनबाट आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved