मिथिला लघुवित्तले माघ १७ देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 11:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले माघ १७ गतेदेखि हकप्रद निष्काशन भएको छ  । कम्पनीले  २:१ को अनुपातमा ५० प्रतिशतको दरले  ३ करोड २९ लाख ८८ हजार ९ सय ६९ रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।  हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट्स लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले हकप्रद निष्काशनको  लागि माघ १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ३० गते सम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन । फागुन २२ गतेसम्म हकप्रद भर्न सकिने कम्पनीले जनाएको छ  ।  बिक्रि प्रबन्धक काठमाडौँ क्यापिटलको कार्यालय कमलादी , मिथिला लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सक्ने छन्  । 

हाल कम्पनीको चुक्ता पुंजी  ६ करोड ५९ लाख रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट  १०.४५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved