सेयरधितो कर्जाको सिमा ८० प्रतिशत बनाउन सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 04:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्तासंघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले सेयरधितो कर्जाको सिमा बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने सुझाब दिएका छन। चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाका लागि नेपाल राष्ट्र बैंकले सुझाब संकलनका लागि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै फुल्लेलल यस्तो सुझाब दिएका हुन। 

मुद्रा तथा पूँजी बजारका समस्या समधानका लागि गठित कार्यदलले बुझाएका सुझाबहरुको कार्यन्वयन तत्काल गर्नुपर्ने बताउदै फुल्लेलले सेयरलगानीकर्ताको मनोबल बढाउनलाई राष्ट्र बैंकले हाल बैंक वित्तीय संस्थाहरुले सेयधितोकर्जामा दिंदै आएको ६५ प्रतिशतको सिमालाई बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने  बताए। 

त्यस्तै अहिले बैंक वित्तीय संस्थाहरुलाई आफ्नो प्राथमिक पुंजीको ४० प्रतिशतसम्म सेयरधितो कर्जा दिने पाउने व्यवस्थालाई समेत बढाएर ६० प्रतिशत पुर्याउनुपर्ने फुल्लेलले सुझाब दिए। 

बैंक वित्तीय संस्थाहरुलाई प्राथमिक पुंजीको ४० प्रतिशतसम्म सेयरधितो कर्जा दिन पाउने व्यवस्था भएपनि तरलता अभाव लगायतका कारणले बैंकहरुले उक्त सिमा भन्दा पनि अत्यन्त कमले सेयरधितो कर्जा प्रवाह गरिरहेका छन। 

पुर्व बैंकर तथा संचालनमा आउँने तयारीमा रहेको नयाँ क्रेडिट रेटिङ कम्पनीमा आबद्ध रहेका अनल राज भट्टराईले प्राथमिक पुंजीको ४० प्रतिशत सिमालाई बढाउँदा बैंकहरुले त्यतिले नै सेयरधितो कर्जा नदिएपनि लगानीकर्ताको मनोबल बढाउने प्रतिक्रिया दिए। 'अहिलेपनि सेयरधितो कर्जाको सिमा प्राथमिक पुंजीको ४० प्रतिशत भन्दा अत्यन्त कम छ, त्यहिपनि राष्ट्र बैंकले यो सीमालाई बढाउँदा लगानीकर्तामा उत्साह थपिन्छ, जुन महत्त्वपूर्ण कुरा हो' उनले भने।  

आज (माघ २३) प्राप्त गरेको सल्लाह सुझाबलाई आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा समेटिने राष्ट्र बैंक गभर्नर ड़ा चिरिन्जीबी नेपालले आश्वाशन दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved