पहिलो पटक लघुवित्त कम्पनी मर्ज हुदै, साधना र सम्वृद्धि एक हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 02:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मै पहिलो पटक लघुवित्त कम्पनीहरु मर्ज हुन् लागेका छन् । राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने नीति आएपछि २ लघुवित्त कम्पनी मर्ज हुन् लागेका हुन् ।  गोरखाको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँको आर्थिक सम्बृद्धि लघुवित्तलाई प्रप्ति गर्ने भएको हो । सम्झौतापत्रमा साधना लघुवित्तका तर्फवाट अध्यक्ष कृष्ण वहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फवाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरेका हुन् ।

प्राप्ति पछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने छ । हाल दुवै कम्पनीको कार्यक्षेत्र १० जिल्ला रहेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ। त्यस्तै चुक्ता पूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तको १४ वटा शाखा छन् ।

नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved