एनएमबी बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 06:41:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति प्रदान गरेको छ। अब बैंकके प्रति एक हजार दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ।

जस मध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ( प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ । दश बर्षे यस ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशत ब्याज दिने छ।

ऋणपत्रको निश्कासनको लागि सिद्धार्थ क्यापिटल लिमीटेड बिक्रि प्रबन्धक रहेको छ। यस ऋणपत्रले  ’इक्राएनपि एलए माइनस’ को रेटिंग पाएको छ । यसले ऋणपत्रमा न्युन जोखिम जनाउछ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved