एनएमबि बैंकले फागुन ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 08:31:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले फागुन ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निश्कासन गर्न लागेको हो । ऋणपत्रमा छिटोमा चैत्र ४ र ढिलोमा चैत्र १४ गतेसम्म आवेदन दिन सकिने छ । 

बैंकले कुल ३० लाख कित्ता मध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ।यसबाट ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ( प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ । दश बर्षे यस ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशत ब्याज दिने छ। 

ऋणपत्रको निश्कासनको लागि सिद्धार्थ क्यापिटल लिमीटेड बिक्रि प्रबन्धक रहेको छ। यस ऋणपत्रले  ’इक्राएनपि एलए माइनस’ को रेटिंग पाएको छ । यसले ऋणपत्रमा न्युन जोखिम जनाउछ  । 

ऋणपत्रमा सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved