शिवम सिमेन्टको साधारणसभा बैशाख ९ मा, लाभांश पाउन कहिलेसम्म किन्ने शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 01:46:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टले साधारणसभा आह्वान गरेको छ । कम्पनिले बैशाख ९ गतेको लागि साधारणसभा आह्वान गरेको हो। साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २५ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् 

कम्पनीले  लगानीकर्तालाई कर सहित १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक बर्ष ७४/७५ को लाभांशबाट चुक्ता पुंजी ४ अर्ब ४० करोडको  १५.७८९५ प्रतिशतले हुन् आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव कम्पनीको बैशाख ९ गते हुने  साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved