म्युचल फण्डहरुबाट ७१ करोड कर असुल्न महालेखाको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 05:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

महालेखा परीक्षकको कार्यालयले ७ वटा म्युचल फण्डहरुलाई गत ३ वटा आर्थिक बर्षको कर तिर्न निर्देशन दिएको छ । ५६ बार्षिक प्रतिवेदन सार्बजनिक गर्दै महालेखाको कार्यालयले ७ म्युचल फण्डहरुलाई गत ३ आर्थिक बर्षबाट गरेको नाफाबाट ७१ करोड १४ लाख कर तिर्न निर्देशन दिएको हो ।

नेपालमा म्युचल फण्डले आफ्नो आर्जनमा ३० प्रतिशत कर तिर्नुमा ७ म्युचल फण्डहरु आयकरमा दर्ता नभएको र लाग्ने कर पनि दाखिला नगरेकोले आर्थिक बर्ष ७१/७२, ७२/७३ र ७३/७४ को नाफा २ अर्ब ३७ करोड ७३ लाखमा लाग्ने कर  ७१ करोड १४ लाख कर तिर्न निर्देशन दिएको हो ।

आयकर ऐन २०५८ ले म्युचल फण्डको कर योग्य आयमा ३० प्रतिशत आयकर लाग्ने ब्यबस्था गरेको प्रतिवेदनमा उल्लेख छ  । सोहि ऐनले सामुहिक लगानी कोषमा अग्रम कर कट्टी गर्नु नपर्ने ब्यबस्था गरेपनि यस्ता निकायहरु कर छुट पाउने संस्था भित्र नर्पने महालेखाले प्रष्ट पारेको छ । भारतमा म्युचल फण्डलाई आयकर नालागने ब्यब्स्तः गरिए पनि सोको प्रतिस्थापनको रुपमा कारोबारमा आधारित कर लगाएको महालेखाले जनाएको छ । 

अन्तरिक राजश्व बिभागले कारोबारकर्ताको कारोबार क्षेत्र पहिचान गरी म्युचल फण्डले तिर्नु पर्ने देखिएको कर समबन्धमा छानविन गरी असुल गर्न महालेखाले निर्देशन दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved