हकप्रद निष्काशनका लागि एभरेष्ट इन्स्योरेन्सको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 09:39:53 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ ।  इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बैशाख ९ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको हो । बैशाख ८ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । 

  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २७ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  ।  कम्पनीले १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो  । अब कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गर्ने छ  । कम्पनीले यस अघि  १ सय ५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो  । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम भएको छ ।

३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved