विजय लघुवित्तको शतप्रतिशत हकप्रद स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 01:56:05 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha Limited को हकप्रद स्थगित भएको छ । कम्पनीको चैत्र २८ गते बसेको संचालक समितिको बैठकले हकप्रद प्रकिया स्थगित गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नभएकोले हकप्रद जारि गर्ने प्रस्ताव तत्कालको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट  १० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको थियो । बोनस पश्चात कम्पनीको पुंजी  चुक्ता पूँजी १९ करोड ४८ लाख पुग्नेछ । कम्पनीले शतप्रतिशत हकप्रद जारि गरेर चुक्ता पुंजी ३८ करोड ९६ लाख पुर्याउने प्रस्ताव गरेको थियो । अब भने अनुमति नपाएको भन्दै लघुवित्तले हकप्रद प्रस्ताव स्थगित गरेको हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved